खबरब्रेकिंग,काठमाडौं, फागुन २४। सुनको मूल्यले आज हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । बुधबार पाँच सयले बढेर तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामै १५ सयले बढेको छ ।
बिहीबार छापावाला सुन तोलाको १ लाख २५ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन १ लाख २४ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्यमा पनि आज एकैदिन ३० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा झरेको चाँदी आज १ हजार ४ सय ७० रुपैयाँ पुगेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend