सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यसरी पारित भयो राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक

यसरी पारित भयो राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक

काठमाडौं । नेपाली कांग्रेसले संसद अबरुद्घ गरे पनि अन्तत विरोधका बाबजुद राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पारित हुन सफल भएको छ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट रोक्न संसद देखी सडक सम्म बिभिन्न कसरत गरेको थियो ।

तर अब राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन बनेर लागू हुनेछ । प्रतिनिधिसभाबाट सन्देससहित राष्ट्रियसभामा पठाइएको विधेयक बहुमतले पारित भएको हो । चिकित्सा शिक्षा विधेयकमाथि राष्ट्रियसभामा दुईवटा संशोधन प्रस्तावसमेत दर्ता भएको थियो । राजपा सांसद वृषेशचन्द्र लाल र नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीसहितका सांसदहरुले छुट्टाछुट्टै संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

संशोधन प्रस्तावमाथि छलफल गर्दै राजपा सांसद लालले उक्त विधेयक थप छलफलका लागि विधायन समितिमा पठाउन माग गरे । अर्का संशोधनकर्ता सांसद अधिकारीले भने छलफलमा भाग लिएनन् । राष्ट्रियसभा बैठक सुरु हुनेवित्तिकै नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले समय लिएर बोल्दै केसीसँग वार्ता गर्न आग्रह गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend