काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार ( २० फागुन) कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।
सभाबाट कम्पनी सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट हेम राज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल, कृति टिवडेवाल र सर्वसाधारणस समूहबाट राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।
संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ । त्यस्तै ,सञ्चालक समितिको बैठकमा उपस्थित भएबापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवासुविधा पुनरावलोकन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ । सभाले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च अनुमोदन गरेको छ ।

हिजो नै नवनिर्वाचित अध्यक्ष हेमराज ढकालले पद तथा गोपनियताको सपथ लिएका छन् । नवनिर्वाचित अध्यक्ष ढकालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् ।
त्यसैगरी, सोही बमोजिम कम्पनीको सञ्चालक समितिका अध्यक्षले विज्ञ सञ्चालक कृष्णप्रसाद शर्मासहित नवनिर्वाचित सञ्चालकलाई पनि पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend