सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

काठमाडौंको भृकुटीमण्डपमा फागुन २४ देखि २८ गतेसम्म सातौँ चेम्बर एक्स्पो हुँदै

काठमाडौंको भृकुटीमण्डपमा फागुन २४ देखि २८ गतेसम्म सातौँ चेम्बर एक्स्पो हुँदै

खबरब्रेकिंग,काठमाडौं, फागुन २०। काठमाडौंको भृकुटीमण्डपमा फागुन २४ देखि २८ गतेसम्म नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो २०२४’ सञ्चालन हुँदैछ । चेम्बर एक्स्पो स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले हुन लागेको हो ।

एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका बस्तुहरु प्रर्दशनीमा राखिने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । घर–जग्गा व्यवसाय, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निमार्ण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरु समेत प्रर्दशनीमा रहने छन् ।

कृषि, हस्तकला लगायत स्थानीय स्तरमा उत्पादित बस्तुहरुको बजार प्रर्वद्धन एवं साना व्यवसायीहरुको आर्थिक गतिविधी विस्तार गर्नका लागि एक्स्पोको आयोजना गरिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिनुभयो ।

एक्स्पोमा फोकस कन्ट्रीका रुपमा दक्षिण कोरिया रहेको छ । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रहरूलाई एकीकृत गर्ने चेम्बर अफ कमर्सको मुख्य उद्देश्य रहेको छ । क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधी, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने अध्यक्ष मल्लले बताए ।

प्रर्दशनीमा इण्डियन चेम्बर अफ कमर्शको अगुवाईमा भारत आयुष एक्जिविशन कन्फरेन्स समेत संचालन हुनेछ । प्रर्दशनीमा नेपालमा रहेका बंगलादेश, रुस र मलेसियाको वाणिज्य शाखाको पनि सहभागिता रहनेछ । यस्तै बंग्लादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरुले प्रदर्शनीमा सहभागिता जनाउनेछन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र संगको सहकार्यमा चेम्बर एक्स्पो हुन लागेको हो । प्रर्दशनीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहने आयोजक चेम्बरले उल्लेख गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend