सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एकीकृत सरकारी कर्मचारी संगठन नेपालले बुझायो गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

एकीकृत सरकारी कर्मचारी संगठन नेपालले बुझायो गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

  • शुक्रबार, १८ फाल्गुन २०८०

खबरब्रेकिंग,काठमाडौं, फागुन १८। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई एकीकृत सरकारी कर्मचारी संगठन नेपालले ज्ञापनपत्र बुझाएको छ।

गृहमन्त्री श्रेष्ठलाई भेटी संगठनका सहअध्यक्ष शरण कुमार गुरुङको नेतृत्वमा ज्ञापनपत्र बुझाएका हुन । मुलुकका विभिन्न स्थानमा रास्ट्रसेवक कर्मचारी माथी भैइरहेको भौतिक आक्रमणको बिरोध गर्दै दोषिलाई कार्वाहीको दायरामा ल्याउन प्रचलित कानुन अपर्याप्त भएको हुदा यस्ता घटनामा संलग्न दोषिलाई फौजदारी अपराधमा समावेश गरि कानुनको दायरामा ल्याउन विशेष कानुन निर्माणको समेत माग गरेको छ।

संगठनले यहि फागुन ११ गते रुपन्देहीको देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटामाथी भएको सांघातिक हमला र फागुन १६ गते बर्दियाको बढैयाताल गाउपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाल माथि भएको आक्रमणको घोर भ्रत्सना गर्दै अपराधीलाई कार्वाहिको माग समेत गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend