खबरब्रेकिंग,काठमाडौं, फागुन १८। छापावाला सुनको मूल्य आज प्रतितोला ६०० रुपैयाँले बढेको छ । बिहीबार २०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार ६०० रुपैयाँले बढेको हो ।
छापावाला सुनको भाउ शुक्रबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ तोकिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend