सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल–चीन सम्बन्धले थप उचाई लिन्छः चीनका नवनियुक्त राजदूत होउ यान्छी

नेपाल–चीन सम्बन्धले थप उचाई लिन्छः चीनका नवनियुक्त राजदूत होउ यान्छी

काठमाडौँ । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँगको भेटमा नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ यान्छीले नेपाल–चीन सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरेकी छिन् । भेटमा गृहमन्त्री थापाले राजदूत यान्छीलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिए । उनले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि आग्रह गरे । थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता जनाए । उनले राजदूत यान्छीमार्फत चीनका सामाजिक सुरक्षा मन्त्रीलाई नेपाल भ्रमणको निम्तो समेत दिए । राजदूत यान्छीले नेपालले चीन विरोधी गतिविधि नियन्त्रणका लागि खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास जनाइन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend