१५ फागुन , काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको हालै सम्पन्न १३औं वार्षिक साधारणसभाबाट कम्पनीको अध्यक्षमा खोटाङका सन्तोष फुयल निर्वाचित भएका छन् । सभा फागुन १४ गते सोमबार काभ्रेपलान्चोकको धुलिखेलमा सम्पन्न भएको हो।
संस्थापक संचालक तथा विगत ८ वर्ष देखि मिर्मिरेको संचालकको कार्यभारमा रहेका फुयल नयाँ संचालक समितिमा अध्यक्षमा निर्वाचित भएका हुन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका फुयल यस अघि ४ पटक मर्जर समितिको संयोजक तथा हालै नेरुडे लघुवित्त संग मर्जर हुन लागेको मर्जर समितिको सदस्य समेत थिए ।
कम्पनीको संस्थापक सञ्चालक समितिमा अध्यक्ष फुयलसँगै, संजय कुमार श्रेष्ठ, दिप बहादुर श्रेष्ठ र शंकर राज पाण्डे रहेका छन् । सर्वसाधारणको तर्फबाट सञ्जू घिमिरे र निकेत अग्रवाल निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता शम्भू प्रसाद दाहालले जानकारी दिए ।
निवर्तमान अध्यक्ष सञ्जय कुमार श्रेष्ठको सभापतित्वमा आयोजित सभाले २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल सहित पारित पारित, लेखापरीक्षण प्रतिवेदन, नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण छलफल सहित पारीत गरेको छ ।
सहायक कार्यकारी प्रमुख विर्ख बहादुर बोहराले सञ्चाल गरेका सभामा उठेका प्रश्नको संस्थाका कायम मुकायम कार्यकारी प्रमुख मिन बहादुर बोहराले जवाफ दिएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend