सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल मेडिकल तथा ल्याब एक्सपो फागुन १७-१९ गतेसम्म भृकुटीमण्डपमा हुने

नेपाल मेडिकल तथा ल्याब एक्सपो फागुन १७-१९ गतेसम्म भृकुटीमण्डपमा हुने

१४ फागुन , काठमाडौं । यही फागुन १७देखि १९ गतेसम्म ‘नेपाल मेडिकल तथा ल्याब एक्सपो’  हुने भएको छ। ७औं संस्करणको स्वास्थ्य उपकरण र प्रयोगशाला प्रविधि सम्बन्धि जानकारीमुलक र प्रवर्द्धनात्मक यो प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।

प्रदर्शनी एस.डि. प्रोमो मिडियाले इइपिसि (EEPC) भारत र नेपाल केमिकल सोसाइटी (CHEMSAN) सँगको सहकार्यमा आयोजना गर्न लागेको हो। यो मेडिकल तथा ल्याबसम्बन्धि नेपालमा आयोजना गरिने सबैभन्दा बृहत्तर प्रदर्शनी भएको आयोजकले बताएका छन् ।

यससम्बन्धी जानकारी दिनको लागि सोमबार  आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रमुख अनुरोध परासरले यो वर्ष एक्स्पोमा विश्वभरका नयाँ मेडिकल टेक्नोलोजी र आविष्कारहरु , डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुने जानकारी दिए । उनले यो एक्स्पो सबैभन्दा ठूलो बि टु बि मेडिकल, डाइनोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका स्वास्थ्य र विपद व्यवस्थापन समितिका सभापति समेत रहेका भक्त बहादुर हमालले यस मेडिकल तथा ल्याब एक्सपोले नेपाललाई सर्जिकल, निदान र अनुसन्धान प्रयोगशालाको क्षेत्रमा दक्षिण एसियाली केन्द्रको रूपमा विकास गरेको बताए। उनले यो जानकारीमूलक प्रदर्शनी भएको बताए ।

यस प्रदर्शनीमा नेपालका ३०० भन्दा बढि प्रदर्शक तथा भारत र देशहरूबाट समेत गरि ८०० भन्दा बढि ब्रान्डले १००० भन्दा धेरै उत्पादनहरू तथा सेवाहरु सार्वजनिक प्रदर्शनीमा राखिने जानकारी सम्मेलनमा दिइयो । यसबाट स्वास्थ्य तथा ल्याबरेटोरीका आवश्यकतालाई सम्बोधन गर्ने आयोजकको विश्वास रहेको छ। प्रदर्शनीमा हेल्थ केयर, फर्मास्युटिकल तथा रिसर्च क्षेत्रका लागि उपलब्धिमूलक हुने आयोजकले बताएका छन् ।

यस प्रदर्शनी अस्पतालका प्रमुखहरु, डाक्टरहरू, रोग विशेषज्ञहरू, सर्जिकल, निदान र अनुसन्धान प्रयोगशालाका विज्ञहरु, वैज्ञानिकहरू, डिलरहरू, वितरकहरू आयातकर्ताहरू, खुद्रा विक्रेताहरू, र अन्य खरीददार समूहहरूका उपयोगी हुने आयोजकले बताएका छन् ।

थप जानकारीका लागि www.nepalmedicalshow.com/www.nepallab.com   मा हेर्न सकिने छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend