बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

आगामी वर्ष अन्तर्राष्ट्रिय मध्यस्थता सम्मेलन गर्ने ‘नेप्का’को तयारी

आगामी वर्ष अन्तर्राष्ट्रिय मध्यस्थता सम्मेलन गर्ने ‘नेप्का’को तयारी

१२ फागुन , काठमाडौं । नेपाल मध्यस्थता परिषद (नेप्का) ले आगामी वर्ष मध्यस्थता सम्बन्धि अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्ने जनाएको छ। नेप्काको आज सम्पन्न ३२औं वार्षिक साधारणसभामा महासचिव बाबुराम दहालले सन २०२५ फेब्रुअरीमा मा अन्तर्राष्ट्रिय मध्यस्थता सम्मेलन गर्नेगरी तयारी भएको जानकारी दिएका हुन् ।

साधारणसभामा परिषदका अध्यक्ष डा. राजेन्द्र प्रसाद अधिकारीले देशको तिव्र आर्थिक विकासको लागि आवस्यक पर्ने विश्वसनीय व्यवसायीक वातावरण निर्माणको लागि प्रभावकारी मध्यस्थता प्रमुख आधार रहेको बताए। “मध्यस्थको स्वतन्त्रता , इमान्दारी र निर्णयको गुणस्तरीयता ( Code of ethics ) कायम राख्न हामीले ध्यान दिनुपर्छ”, उनले भने, “भरपर्दो र प्रभावकारी मध्यस्थता नै प्रचलित कानुन बमोजिम मिलापत्र हुन सक्ने व्यापारिक देवानी मुद्दा  समाधानको मुख्य आधार हो।”

परिषदलाई संस्थागत मध्यस्थता ( Institutional Arbitration) गर्ने संस्थाको रूपमा विकास गर्ने उनले बताए ।

कार्यक्रममा नेप्काको वार्षिक र वित्तीय प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन सदस्यहरुको सुझाव र छलफल सहित पारित भएको छ। त्यस्तै , परिषदको स्थापनादेखिको योगदानको लागि सहायक लेखा अधिकृत पूर्णध्वज कार्की लाई ५० हजार नगदसहित सम्मान गरिएको थियो ।

मध्यस्थताद्वारा निर्णय हुनुपर्ने विकास , निर्माण , औद्योगिक , व्यापारिक र अन्य प्रकृतिका राष्ट्रिय वा अन्तर्राष्ट्रिय विवाद समाधान गर्ने र तत् सम्बन्धि काम-कारबाहीको संस्थागत विकास गर्नु नेपाल मध्यस्थता परिषदको उद्देश्य हो। हाल परिषदमा २९६ आजिवन र ४७ साधारण गरी जम्मा ३४३ सदस्य रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend