सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

कृषि विकास बैंकले डाक्यो साधारण सभा

कृषि विकास बैंकले डाक्यो साधारण सभा

खबरब्रेकिंग, काठमाडौँ, फागुन ८ । कृषि विकास बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बैंकले १७ औं वार्षिक साधारण सभा फागुन ३० गते बोलाएको हो । फागुन ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि साधरणसभा सुरु हुने छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान, ईक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले बैंकको सहायक कम्पनी, कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नुका साथै चालु आवका लागि लेखा परीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले फागुन १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार फागुन १६ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्र सभामा भाउ लिन पाउने छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend