सिंगटी हाइड्रो ईनर्जी लिमिटेडको १:१ हकप्रद शेयरको आवेदन फागुन २ गतेदेखि खुल्ला हुने भएको छ। कम्पनीको फागुन १ गते मंगलबार सम्पन्न भएको चौधौं वार्षिक साधारणसभामा अध्यक्ष सुदिप राज गौतमले उक्त जानकारी दिएका हुन।
हकप्रद शेयर जारी गर्नको लागि कुमारी क्यापिटललाई प्रबन्धक नियुक्त गरिएको छ। धितोपत्र बोर्ड मार्फत हकप्रद शेयर निष्कासन गर्ने स्वीकृति प्राप्त भएको जानकारी अध्यक्ष गौतमले साधारणसभा दिए।

त्यस्तै , सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आर्थिक वर्ष २०८०/८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।
हाल सिंगटी हाइड्रो इनर्जीले दोलखा जिल्लाको कालिन्चोक र बिगु गाउँपालिका बिच भएर बहने सिंगटी खोलामा २५ मेगावाट क्षमताको जलविद्युत आयोजना सम्पन्न गरि २ वर्ष देखि व्यवसायीक उत्पादन गरिरहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend