सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यसरी हस्तान्तरण गरियो कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई

यसरी हस्तान्तरण गरियो कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई

काठमाडौं । चीन सरकारले कोटेश्वर–कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । ललितपुरको खुमलटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदुत यू यान्छीले सडक विस्तार गरी हस्तान्तरण गरे । चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १० किलोमिटर ४ सय मिटर सडक विस्तार गरेको थियो ।

करिब ५ अर्ब अनुदान सहायतामा चीनले सो सडकखण्ड विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । चीनले सडक हस्तान्तरण गरेलगत्तै प्रधानमन्त्री ओलीले सडक खण्डको उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्रीले सडक विस्तार गरी हस्तान्तरण गरेकोमा चीन सरकारप्रति आभार व्यक्त गरे । कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यान्छीले नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न चीन सरकार प्रतिवद्ध रहेको बताए । काठमाडौंको २७ किलोमिटर लम्बाइ रहेको रिङरोडको पहिलो खण्ड चीन सरकारले विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । सडक विस्तारको काम सकिएलगत्तै यो सडक खण्ड आधुनिक स्वरूपमा देखिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend