बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

जनक शिक्षाले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

जनक शिक्षाले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

खबरब्रेकिंग, काठमाडौँ, फागुन ४ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रले शुक्रबार एक सूचना जारी गर्दै रिक्त रहेका पदहरूमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

केन्द्रले माग गरेको पदहरुमा फागुुन २४ गतेसम्म आवदेन बुझाउनु पर्ने छ । दोब्बर दस्तुरमा भने चैत १ गतेसम्म आवेदन दिनु पर्ने छ । दरखास्त फाराम बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट सम्म दरखास्त बुझाउन सकिनेछ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले केन्द्रको वेबसाइटमार्फत फाराम डाउनलोड गरेर आवश्यक विवरण भरी केन्द्रको कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् ।

तह–९ का लागि २ हजार रुपैयाँ तह –८,७ र ६ का लागि १ हजार २०० रुपैयाँ तह ५ का लागि ७०० रुपैयाँ बुझाउनुपर्नेछ । समावेशी समूहमा थप दरखास्त पेस गर्ने उम्मेदवारले थप प्रति समावेशी समूह बापत तह ५ का लागि २०० रुपैयाँ र तह ६ का लागि ४०० रुपैयाँ थप दस्तुर समेत बुझाउनुपर्ने छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend