बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन आज देखि सुरू

भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन आज देखि सुरू

काभ्रे, फागुन ३ गते । काठमाडौं विश्वविद्यालयको आयोजनामा उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकूलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन सुरु भएको छ। आज देखि सुरु भएको सम्मेलन शनिबारसम्म चल्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज सम्मेलनको उद्घाटन गरेका हुन ।

सम्मेलनमा भारतीय विश्वविद्यालय संघको आयोजना तथा काठमाडौं विश्वविद्यालयको तत्वावधानमा आयोजित कार्यक्रममा नेपाल,भारत,बाङ्लादेश,मलेसिया, थाइल्यान्डलगायत देशका विश्वविद्यालयका उपकूलपति तथा शिक्षाविद्हरुको उपस्थिति रहेको छ ।

कार्यक्रममा हालसम्म भारतसहित दक्षिणपूर्वी एसियाली क्षेत्र,युरोप,अफ्रिका र अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयका २ सय ३७ जना सहभागिता रहेका छन् ।
सम्मेलनले नेपालका विद्यालय, कलेज र विश्वविद्यालयका विद्यार्थीलाई करिब १०० भारतीय विश्वविद्यालयका प्राध्यापकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने र ती विश्वविद्यालयहरूले उपलब्ध गराएको अवसरहरू बुझ्ने अवसर प्रदान गर्ने जनाएका छन् । १०० भारतीय विश्वविद्यालयहरूले लगभग ५००० शैक्षिक र व्यावसायिक कार्यक्रमहरू,आविष्कारहरू, र उत्कृष्ट अभ्यासहरू प्रदर्शन गर्नेछन् ।

दुबै देशका प्राध्यापक र विद्यार्थीहरूले पारस्परिक अनुसन्धान सहयोग,प्राध्यापक र विद्यार्थी आदानप्रदान, ट्विनिङ कार्यक्रमहरू, संयुक्त र दोहोरो डिग्री आदिमा अन्तरक्रिया र विचार विमर्श गर्ने अवसर पाउनेछन् र गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि आफ्ना आविष्कारहरू र उत्कृष्ट अभ्यासहरू प्रदर्शन गर्ने अवसर पाउनेछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend