बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

उपत्यका खानेपानीमा प्रतिस्पर्धाबाट कार्यकारी प्रमुख नियुक्ति हुन्छ: सचिव आचार्य

उपत्यका खानेपानीमा प्रतिस्पर्धाबाट कार्यकारी प्रमुख नियुक्ति हुन्छ: सचिव आचार्य

१ फागुन , काठमाडौं । खानेपानी मन्त्रालयका  सचिव सुरेश आचार्यले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको स्थायी र सुदृढ व्यवस्थापनको लागि खुला प्रतिस्पर्धाबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्ने प्रक्रिया शुरु गरिएको बताएका छन् । त्यसको लागि स्थानीय पालिकाहरुसंग  समन्वय गर्न सक्ने क्षमताका साथै   प्राविधिक ज्ञान   भएको व्यक्तिको खोजी भईरहेको उनले जानकारी दिए  । आज सम्पन्न  काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १६औं वार्षिकोत्सब कार्यक्रममा कम्पनीको  संरचना , प्राविधिक पक्ष र प्रशासनमा ठुलो परिवर्तन र सुधारको आवस्यकता रहेको जनाउँदै उनले यस्तो बताएका हुन् ।

सचिव आचार्यले खानेपानी  जस्तो आधारभुत सेवामा सरकारको नियन्त्रण कायम गर्नको लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुनर्संरचना गर्दा ५१% भन्दा बढी सरकारको स्वामित्व राखिने  बताए ।

सचिव आचार्यले उपभोक्ताको धाराबाट पानी होइन, हावा मात्रै आउने अवस्थाको अन्त्य गर्न र १५ दिनभित्रमा त्यस्ता उपभोक्ताको पहिचान विवरण तयार गरि महसुल छुट दिन कम्पनी बोर्डलाई निर्देशन समेत दिए।

काठमाडौं उपत्यकामा खानेपानीको गुणस्तरीय र निर्वाध वितरणको लागि नयाँ पाइपलाईन ओछ्याने काम आगामी असार मसान्तसम्ममा पुरा हुने पनि उनले बताए ।

केयूकेएलको संचित नोक्सानी नै चुक्ता पुँजी भन्दा धेरै बढी भएको र महसुल असुली गर्न बाँकी  रकम नै २ अर्ब ४८ करोड रहेकोले आर्थिक स्वास्थ्य राम्रो नरहेको बताउँदै सचिव आचार्यले कम्पनीको अघिल्ला दुई  वर्षको साधारणसभा छिटो सम्पन्न गर्न निर्देशन दिए।

वार्षिकोत्सब कार्यक्रममा सचिव आचार्यको शब्द रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड सम्बन्धि गीतको प्रस्तुति र युट्युव सार्वजनिक गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend