काठमाडौं । मुद्दा मिलाइ दिने भन्दै सेवा ग्राहीसँग घुस खाने अख्तियारमै कार्यरत प्रहरी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा कार्यरत प्रहरी सहायक असई जन्म अधिकारीलाई आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।अधिकारीले ४ लाख घुस खाएको प्रमाण भेटेपछि पक्राउ गरेको अख्तियार स्रोतले जानकारी दियो । पक्राउ परेका अधिकारीलाई आवश्यक कारबाहीका लागि केन्द्रीय कार्यालयमा ल्याइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend