बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

कुमारी बैंकको तेईसौं साधारणसभाबाट नयाँ संचालक समिति निर्वाचित

कुमारी बैंकको तेईसौं साधारणसभाबाट नयाँ संचालक समिति निर्वाचित

काठमाडौं । कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारणसभा मार्फत नयाँ संचालक समितिको निर्वाचन  सम्पन्न भएको छ । माघ २८ गते आइतबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको साधारण सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आर्थिक वर्ष २०८०/८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

उक्त सम्पन्न साधारणसभामा भएको सञ्चालक समितिको चुनावमार्फत् संस्थापक शेयरधनी समूहबाट अमिर प्रताप जंगबहादुर राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ र पशुपति मुरारका निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण शेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend