सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

हालै मात्र सरकारले लाइसेन्स सिस्टमबाट मात्रै घरजग्गा कारोबार गर्नुपर्ने विधेयक पास भएकाले यो निर्णय सकारात्मक छः महासचिव घिमिरे

हालै मात्र सरकारले लाइसेन्स सिस्टमबाट मात्रै घरजग्गा कारोबार गर्नुपर्ने विधेयक पास भएकाले यो निर्णय सकारात्मक छः महासचिव घिमिरे

खबरब्रेकिंग, काठमाडौँ, माघ २७ । नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव ध्रुव घिमिरेले सबै एक भएर आफ्ना हक अधिकारको बारेमा लड्न आवश्यक रहेको बताएका छन । शनिवार पोखरामा भएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोसो वार्षिक महासभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले घररजग्गा व्यवसायीलाई लाइसेन्स दिनुपर्ने भन्दै आन्दोलन गरेर हालै मात्र सरकारले लाइसेन्स सिस्टमबाट मात्रै घरजग्गा कारोबार गर्नुपर्ने विधेयक पास भएकाले यो निर्णय सकारात्मक रहेको बताए । उनले सरकारले जग्गाको कित्ताकाट खुलाउँदा सर्वसाधारणलाई धेरै ठूलो टेवा पुगेको बताए ।

उनले नेपालभर घरजग्गा तथा आवास विकासको क्षेत्रलाई आफ्नो पेशा तथा व्यवसाय बनाइ व्यवसाय गर्दै आएका व्यवसायीहरुले भोग्नुपरिरहेका विभिन्न समस्याहरुको समाधानका लागि प्रयासरत रहनुपर्ने बताए ।

उनले आफ्नो उद्देश्य प्राप्तिको लागि हामी सबै व्यवसायीहरु एकजुट भइ अघि बढ्नुपर्ने आहिलेको आवश्यकता भएको बताए । बैंकमा अथाह पैसा भएपनि राष्ट्र बैंकले लगानी गर्ने वातावरण बनाइदिन नसकेकोमा उनको गुनासो छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend