बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

टोयोटाको यारिस क्रस हाइब्रिड इलेक्ट्रिक गाडी नेपालमा

टोयोटाको यारिस क्रस हाइब्रिड इलेक्ट्रिक गाडी नेपालमा

२७ माघ, काठमाडौं। नेपालका लागि टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले हाइब्रिड मोडल यारिस क्रस हाइब्रिड इलेक्ट्रिक गाडी नेपालमा सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबार (२६ माघ ) उक्त मोडलको एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो।

नयाँ यारिस क्रसको लम्बाइ ४३१० एमएम, चौडाइ १७७० एमएम र उचाइ १६१५ एमएम छ । यसमा २६२० एमएम लामो ह्विलबेस र १८ इन्चको टायर पाउन सकिन्छ।

टोयोटाले यारिस क्रसमा अटोमेटिक हाइबिमसहितको हेडलाइट, एलइडी डीआरएल, एलइडी फग लाइट र कनेक्टेड एलइडी टेललाइट दिएको छ। यो मोडलमा मल्टी कलर एम्बियन्ट लाइट पनि दिइएको छ।

यसमा इलेक्ट्रिक मोटर र ४.३ एम्पियर आवरको ब्याट्री प्याक पाउन सकिन्छ। रिजेनेरेटिभ ब्रेकिङ सिस्टम रहेको गाडीमा ईसीभीटी गियरबक्स पाउन सकिन्छ।

गाडीको ग्राउन्ड क्लियारेन्स २१० एमएम रहेको छ।

एसयूभीमा ६ एयरव्याग, भेहिकल स्टेबिलीटी कन्ट्रोल, एन्टी-लक ब्रेकिङ सिस्टमलगायतका सुरक्षा छन्।

यस यारिस क्रस हाइब्रिड इलेक्ट्रिक गाडीको नेपाली बजारमा मूल्य १ करोड २२ लाख रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend