सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

‘द पोएट आइडल’ सिजन-२ आगामी सोमबारदेखि ; ‘वात्सल्य नेचुरल’ शीर्ष प्रायोजक

‘द पोएट आइडल’ सिजन-२ आगामी सोमबारदेखि ; ‘वात्सल्य नेचुरल’ शीर्ष प्रायोजक

२६ माघ , काठमाडौं । ‘द पोएट आइडल’ सिजन २ का  लागि उक्त शोका निर्माता तथा निर्देशक अमनप्रताप अधिकारी र विभिन्न प्रायोजकबीच प्रायोजन सम्झौता भएको छ । जसअनुसार, वात्सल्य नेचुरल शीर्ष प्रायोजकको रुपमा रहने भएको छ ।

आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यो टेलिभिजन रियलिटी कार्यक्रम आगामी सोमबारदेखि प्रसारण हुने जानकारी दिइयो । जसअनुसार हिमालय टिभीमा यो कार्यक्रम प्रत्येक सोमबार र मंगलबार राती ९ बजेदेखि प्रसारण हुनेछ ।

निर्देशक अधिकारीले दोस्रो सिजनमा कूल एपिसोड संख्या ३० हुने जनाए । पहिलो सिजनमा ३३ एपिसोड बनाउँदाको महसुस गर्दा अडिसन राउण्ड लामो भएको र अब अडिसन राउण्ड ६ बाट कटाएर ३ मा ल्याएको उनले जानकारी दिए । अब ३० एपिसोड हुनेछ ।

सिजन -२ लाई अभिनेता समेत रहेका दिव्यदेवले होस्ट गर्नेछन् । निर्णायकहरुमा कवि विप्लव प्रतीक , उपेन्द्र सुब्बा, अनुप बराल र केकी अधिकारी रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend