सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अबको एक बर्ष भित्र अर्घाखाँचीको निर्माणधिन एअरपोर्ट संचालनमा ल्याउने पूर्वउपप्रधानमन्त्री रायमाझीको घोषणा

अबको एक बर्ष भित्र अर्घाखाँचीको निर्माणधिन एअरपोर्ट संचालनमा ल्याउने पूर्वउपप्रधानमन्त्री रायमाझीको घोषणा

काठमाडौ । नेकपाका नेता एबम पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अवको एक बर्ष भित्र अर्घाखाँचीको निर्माणधिन एअरपोर्टमा प्लेन अवतरण गराउने दावी गरेका छन् । अर्घाखाँची मौलिक संस्कृति संरक्षण समाज, काठमाडौंले आयोजना गरेको बृहत बनभोज एबम भेटघाट कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री रायमाझीले एक बर्ष भित्रमा सवै काम सिधिएर एअरपोर्ट संचालना ल्याउने लक्षय रहेको खुलासा गरे ।

अव देशमा राजनितीक मुद्धा पुरा भएको बताउँदै नेता रायमाझीले धार्मिक,सांस्कृतिक क्षेत्रको रक्षा गर्दै आर्थिक गतीमा छलाङ्ग मार्न जरुरी रहेको बताए । उनले अर्घाखाँची जिल्ला सबै हिसाबले अगाडी भएको बताउर्दै आगामी दिनमा नमुना जिल्लाको रुपमा चिनाउन जरुरी रहेको बताए । स्वदेशमा बेरोजगारी समस्या समाधान गर्न सरकारले बिभिन्न कृषी लगायत बिभिन्न योजना अगाडी ल्याएको भन्दै अव स्वदेशमै रोजगारी सिर्जना गरी रोजगारीको लागी विदेश जाने बाध्यताको अन्त्यको सुरुवात अर्घाखाँचीले गर्ने उनको दावी छ ।

कार्यक्रममा बरिष्ठ साहित्यकार डा.मोदनाथ प्रश्रितले अर्घाखाँची जिल्ला धार्मिक, सांस्कृतिकको इतियासलाई हेर्दा ठुलो महत्वपूर्ण इतियास रहेको जिल्ला भएको बताए । बरिष्ठ साहित्यकार प्रश्रितले धार्मिक, सांस्कतिक सम्पदाको रक्षा गर्दै आर्थिक रुपमा अवल हुन यूवाहरु उधमशिलतामा लाग्न जरुरी रहेको बताए ।

नवगठित अर्घाखाँची मौलिक संस्कृति संरक्षण समाज, काठमाडौंका अध्यक्ष के.पि घिमिरेले यो संस्थाले अर्घाखाँची जिल्लाको मौलिक धार्मिक, सांस्कृतिक पहिचानको रक्षा गर्दै सामाजिक काममा पनि काम गर्ने बताए । अध्यक्ष घिमिरेले अवको केही हप्तामै बिधिवत रुपमा संस्था दर्ताको काम टुङ्गयाउदै छिटटै अर्घाखाँचीमा हेल्थ क्याप गर्ने योजना रहेको बताए । यो नवगठित संस्था कुनै राजनितीक दल संग सम्बधित नभएको समेत स्पष्ट पारे ।

समाजका महासचिव गिरीराज पन्थीले पनि यो संस्था अर्घाखाँचीको विकास र समृद्धीको यात्रालाई अगाडी लैजान पुलको काम गर्ने बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदश्य बोमबहादुर बि.क, नेकपाका नेता  लक्ष्मण रायमाझी, थानेश्वर बस्याल, बाल्मीकी क्याम्पस प्रमुख लालमणी पाण्डे, हज कमिटीका अध्यक्ष शम्शेर मियाँ, समाजसेवी हिमालय पन्थी, यस समाजका सल्लाकार बिशाल मिश्र, कमल रायमाझी, मनोज आचार्य, शुवास कोईराल, चुणामणी खनाल , बिद्याथी नेता गोबिन्द श्रेष्ठ, यूवा पत्रकार मुकुन्द भुसाल ,कलाकार मधुुसुधन बन्जाडे, राधा आर्चाय, सुदिप सागर, मोतीराज खनाल लगायत व्यक्तित्वहरुको सहभागीता रहेको थियो । बृहत बनभोज एबम भेटघाट कार्यक्तम बालाजु बाईसधारामा भएको थियो भने कार्यक्तमको संचालन समाजका महासचिव गिरीराज पन्थीले गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend