सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संसदमा विधेयक पारित भए संगै यस्तो आयो काँग्रेसको प्रतिक्रिया

संसदमा विधेयक पारित भए संगै यस्तो आयो काँग्रेसको प्रतिक्रिया

Nepali Congress President Sher Bahadur Deuba arrives for the Parliament meeting at Parliament Building, Baneshwor in Kathmandu on Wednesday, 24 May, 2017. Photo: Dipesh Shrestha/Nagarik/Republica

काठमाडौं– संसदमा चिकित्सा शिक्षा विधेयक पारित भए संगै बिभिन्न टिकाटिप्णी सुरु भएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले खुलेर असन्तुष्टी जनाएको छ । यस्तै काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारले तानाशाही शैलीमा चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरेको उनको भनाई छ । सभापति देउवाले सभामुख कृष्ण बहादुर महराले विधेयक प्रस्तुत गर्ने क्रममा आफ्नो मर्यादा समेत भुलेको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारले जवरजस्ती विधेयक पारित गरेकाले सरकारविरुद्ध काँग्रेसले सडक र सदनबाट आन्दोलन थाल्ने बताए । त्यस्तै काँग्रेसका सांसद गगन थापाले विधेयककका विषयमा प्रतिपक्षले असहमति जनाउँदा जनाउँदै एक पटक संवाद समेत नगरी दुई तिहाइको बलमा विधेयक पास गरिएको आरोप लगाए ।

उनले सत्तापक्षले निषेधको राजनीति गरेको भन्दै काँग्रेसले सडक र सदनबाट सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । थापाले सभामुख कृष्णबहादुर महराले प्रतिपक्षलाई संसद चलाउदिन भनेर ढाँटेर संसद चलाएको समेत आरोप लगाए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend