सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कर्मचारीको वृत्तिविकास खुलाउन सहजीकरण गर्छुः सञ्चार सचिव सुवेदी

कर्मचारीको वृत्तिविकास खुलाउन सहजीकरण गर्छुः सञ्चार सचिव सुवेदी

खबरब्रेकिंग, काठमाडौँ, माघ २१ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले आम दर्शकको रुची अनुसारका विषयवस्तु, प्रविधिमा रुपान्तरण र कर्मचारीको वृत्ति विकास गरी राष्ट्रिय प्रसारण संस्था नेपाल टेलिभिजनलाई थप शसक्त बनाउनु पर्ने बताएका छन ।

आज नेपाल टेलिभिजन केन्द्रीय कार्यालयको निरक्षण भ्रमणपछि आयोजित कार्यक्रममा सचिव रामकृष्ण सुवेदीले सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण गरी विशुद्ध राज्यको प्रसारण संस्था बनाउनु पर्ने बताए ।

सचिव सुवेदीले राज्यप्रतिको दायित्व निर्वाह गरेको नेपाल टेलिभिजनलाई प्रविधि र विषयवस्तुमा समय सान्दर्भिक रुपान्तरण तथा स्रोतको व्यवस्थापनका लागि गहिरो अध्ययन गरी अगाडि बढ्न निर्देशन पनि दिए ।

उनले कर्मचारीको वृत्ति विकासका साथै संस्थानले सामना गरिरहेका समस्याको समाधानमा सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहले संस्थानको वर्तमान अवस्था र भावी योजनाबारे जानकारी गराउँदै प्रसारण पहुँचलाई सहज र प्रभावकारी बनाउन डिटीएच र सेटअप बक्सको प्रवन्धका लागि सचिवसमक्ष आग्रह गरे ।

उनले एनटिभी वर्ल्डको प्रसारण डिजिटल माध्यामबाट शुरु गर्ने र दृश्य संग्रहालयलाई डिजिटाइजेशन तथा प्रसारण विस्तार र प्रादेशिक च्यानलहरुको सुधारको योजना रहेको जानकारी पनि दिए ।

महाप्रवन्धक फूलमान वल तामाङले नेपाल टेलिभिजनले संविधानको मर्म र राज्यको प्राथमिकता अनुसार राष्ट्रिय मनोविज्ञान निर्माणमा जिम्मेवार भएर काम गर्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend