बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

व्यवसायीमाथिको सरकारको धरपकड गलत: महासंघ

व्यवसायीमाथिको सरकारको धरपकड गलत: महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले  उद्यमी व्यवसायीमाथि गरिरहेको धरपकड एवं पक्राउबारे  गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

बिहीबार सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो ।

‘महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटकपटक आग्रह गर्दै आएको जनाएको छ । पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको बताएको छ ।

‘महासंघ यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गर्दछ,’ महासंघले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
साथै, केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गइरहेको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने भन्दै महासंघले सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

बिहीबार निजी क्षेत्रले पनि पत्रकार सम्मेलन गरेर उद्योगीको अफिस नै गएर पक्राउ गर्नु गलत भएको बताएको थियो । चौधरीले बाँसबारी जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ गरिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend