खबरब्रेकिंग, काठमाडौँ, माघ १८ । आज बिहीबार पनि सुनको मूल्य बढेको छ । आजसहित सुनको मूल्य लगातार चौथो दिन पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला पाँच सय रूपैयाँले बढेको हो । बढेको मूल्यसँगै आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
गत सोमबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको हो । आज चाँदीको मूल्य भने घटेको छ। प्रतितोला १० रूपैयाँ घटेर आज चाँदी प्रतितोला १ हजार ४१० रूपैयाँमा कारोबार भइरहेको छ महासंघले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend