सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

खबरब्रेकिंग, काठमाडौँ, माघ १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार बिहान १ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोलको भाउ प्रतिलिटर चार रुपैयाँ, डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर दुई रुपैयाँ र ग्यास प्रतिसिलिन्डर १५ रुपैयाँले महङ्गिएको हो । भारतीय आयल कर्पोरेसनले बढेको मूल्यसूची पठाएपछि सोही अनुसार आयल निगमले पनि मूल्य समायोजन गरेको हो । आयल निगमले हरेक १५ दिनमा नयाँ मूल्यसूची प्राप्त गर्ने गर्दछ ।

निगमले मूल्य देशभरका विभिन्न ठाउँमा दूरी अनुसार फरक फरक मूल्य कायम गर्दै आएको छ । पहिलो वर्गअन्तर्गत झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पेट्रोल प्रतिलिटर १६७.५० रुपैयाँ र डिजेल तथा मट्टितेल १५५.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्ग सुर्खेत र दाङअन्तर्गतका क्षेत्रमा पेट्रोल १६९ रुपैयाँ र डिजेल १५७ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायल अन्तर्गतका क्षेत्रमा प्रतिलिटर पेट्रोल १७० रुपैयाँ र डिजेल १५८ रुपैयाँ कायम भएको छ । ग्यासको मूल्य अब देशभर प्रति सिलिन्डर १ हजार ९ सय १० रूपैयाँ पर्ने भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend