सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

आज पनि निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

आज पनि निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

खबरब्रेकिंग, काठमाडौँ, माघ १८ । नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट २० अर्ब रुपैयाँ झिक्न लागेको छ । बजारमा पैसा थुप्रन थालेपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ झिक्न लागेको हो ।

यससँगै राष्ट्र बैंकले लगातार तीनदिन बजारबाट ७० अर्ब रुपैयाँ झिक्न लागेको हो । राष्ट्र बैंकले बजारबाट गत माघ १६ गते २० अर्ब र १७ गते ३० अर्ब रुपैयाँ झिकेको थियो ।

अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेकाले राष्ट्र बैंकले बजारबाट पैसा झिक्न क्रम बढाएको हो । माघ १४ गतेसम्म बैंकहरुको अन्तर बैंक ब्याजदर २.८६ प्रतिशत रहेको छ । केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ । यो व्यवस्था अनुसार राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल हुँदा बजारबाट पैसा झिक्ने गर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।

राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १४ दिने निक्षेप सङ्कलन गर्न लागेको हो ।

अनलाइन बिडिङ सिस्टममार्फत माघ १८ गते दिउँसो ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी फागुन ३ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend