काठमाडौं । चिकित्सा शिक्षा विधेयक रोक्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको बिरोध जारी छ । यसै बिच सरकारले भने जसरी भए पनि पास गर्ने गृहकार्यमा लागेको देखिन्छ । प्रतिनिधि सभामा पेश हुने तयारीमा रहेको चिकित्सा शिक्षा विधेयकले डा. गोविन्द केसीको शतप्रतिशत माग पूरा भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले अनशनरत डा. केसीलाई उचाल्नेहरूले वास्तविक विधेयक पढ्न नदिएर गुमराहमा राखेको हुन सक्ने उनको भनाई छ । ’नेपालमा सबभन्दा बढी छलफल चिकित्सा शिक्षा विधेयकमा मात्र भएको भन्दै बाँस्कोटाले विधेयकमा के छ भन्ने नपढीकन सरकारलाई दोष लगाउने काम भइरहेको भन्दै आक्रोष पोखे ।
‘हावामा तरवार चलाएर निशाना नलाग्ने भन्दै मन्त्री बाँस्कोटाले ‘डा. केसीले संसदमा पेश हुन लागेको विधेयक नै नपढी अनशन थालेको बताए ।सरकारका प्रवक्ता बाँस्कोटाले भने, ‘विधेयक अब संसदको क्षेत्राधिकारभित्र प्रवेश गर्यो र अब जुनसुकै हालतमा पारित हुन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend