बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेको इन्स्योरेन्सको अध्यक्षमा रमेश निरौला चयन

नेको इन्स्योरेन्सको अध्यक्षमा रमेश निरौला चयन

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले २८ औं वार्षिक साधारणसभाबाट संचालकहरुको निर्वाचन  सम्पन्न गर्दै आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन,  आयव्यय विवरण पारित गरेको छ ।

माघ १२ गते भएको सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट दुई जना र साधारण शेयरधनीहरुको तर्फबाट तीन जना सञ्चालक पनि निर्वाचित गरेको छ ।

कम्पनीको  साधारणसभाबाट संस्थापक शेयरधनीको तर्फबाट विनय रमण पौडेल(प्रतिनिधी राष्ट्रिय वाणिज्य बैंक) र प्रताप सुवेदी (प्रतिनिधि कृषि विकास बैंक)तथा सर्वसाधारण समुहबाट भानुभक्त पोखरेल, डा. निलीमा श्रेष्ठ र भरत कुमार अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

साधारण सभापछि बसेको कम्पनीको सञ्चालक समिति बैठकले रमेश निरौलालाई समितिको अध्यक्ष चयन गरेको छ । कम्पनीले लाभांश वितरण गर्न नसक्दा सोसम्वन्धी प्रस्ताव भने सभामा आएन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend