खबरब्रेकिंग, काठमाडौं, माघ १२ । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताएका छन् ।
शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए । उनले राजश्व केही वृद्धि भएपनि लक्ष्यअनुसार उठ्न नसकेको बताए । उनले राजश्व संरचनामा परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको बताए ।
उनले व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने बताए । उनले आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend