काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबिए)ले लघुवित्त वित्तीय संस्थाबारे पछिल्लो समय भ्रम फैलिएको भन्दै सहयोगका लागि सरकारसँग अनुरोध गरेको छ । संघका अध्यक्ष रामबहादुर यादवको नेतृत्वका अर्थमन्त्री डा. प्रकाशरण महतलाई भेटी संघले बजारमा आएका भ्रमहरु चिर्ने अभियानमा साथ दिन अनुरोध गरेका हुन् ।
यही विषयमा अर्थमन्त्री महतलाई भेट्न अध्यक्ष यादवसहित पूर्व अध्यक्ष बसन्त लम्साल, उपाध्यक्ष रामहरी दाहाल, महासचिव सञ्जय मण्डल, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका कार्यकारी प्रमुख डा. गोपाल दहितसहित पुगेका थिए । संघले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएपछि तिर्नै पर्ने र मिनाहा हुन्छ कि भन्ने भ्रम पाल्न नहुने बारे अर्थमन्त्रीले बोलिदिनु पर्ने बताएका थिए ।
अध्यक्ष यादवका अनुसार संघको अनुरोधमा अर्थमन्त्री महत सकारात्मक छन् । अर्थमन्त्री महतले चाडै विज्ञप्ति जारी गरेर नियमित साँवा तथा ब्याज भुक्तानीका लागि अनुरोध गर्ने बचन दिएका छन् ।