खबरब्रेकिंग,काठमाडौँ, माघ १० गते । ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले हिजो नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई २ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो । आयोगका अनुसार कित्ताकाट गर्न सहजीकरण गरेको भन्दै घुस मागिरहेको सूचनाका आधारमा आयोगको टोली नापी कार्यालय पुगेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend