सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विदेश काम गर्न जाने कामदारले २ सय डलर मात्रै साट्न पाउने

विदेश काम गर्न जाने कामदारले २ सय डलर मात्रै साट्न पाउने

रोजगारीको शिलशिलामा विदेश जाने कामदारले २ सय अमेरिकी डलरसम्मको मात्रै सटही गर्न पाउने भएका छन् । राष्ट्र बैंक मुद्रा बिनिमय व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै वैदेशिक रोजगारीमा जानेलाई २ सय अमेरिकी डलरभन्दा बढीको सटही सुविधा दिन नदिन निर्देशन दिएको हो । यसअघि ५ सय अमेरिकी डलरसम्मको सटही सुविधा कामदारले पाउदै आएका थिए । पछिल्लो समय शोधनान्तर स्थिति घाटामा गएको छ भने राष्ट्र बैंकको डलर संचितीमा समेत कमी आएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तसम्म १० अर्ब ८ करोड रहेकोमा मंसिर मसान्तसम्म आउँदा ७.९ प्रतिशतले घटेर ९ अर्ब २९ करोडमा झरेको छ । मुलुकको शोधनान्तर स्थिति यस अवधिसम्म ८५ अर्ब घाटामा छ । डलरको संचिती घट्दै गएपछि पछिल्लो समय राष्ट्र बैंकले सटही सुविधामा कडाई गरेको हो। यसअघि शिक्षा, आप्रवासन तथा स्वास्थ्यका लागि विदेश जानेले ५ हजार बढी अमेरिकी डलर सटही गर्नुपरेमा प्यान नं. अनिवार्य चाहिने व्यवस्था गरेको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend