बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेपाल वितरक संघको अध्यक्षमा रामहरि घिमिरे निर्वाचित

नेपाल वितरक संघको अध्यक्षमा रामहरि घिमिरे निर्वाचित

काठमाडौं । नेपाल वितरक संघको अध्यक्षमा रामहरि घिमिरे निर्वाचित भएका छन् । संघको माघ ६ गते अनुपम फुडल्यान्ड , बत्तिसपुतलीमा सम्पन्न भएको बाइसौँ साधारणसभा तथा अधिवेशनबाट द्वितीय उपाध्यक्ष बाहेकका पदमा सर्वसम्मत नयाँ कार्यसमितिको चयन गरेको हो। द्वितीय उपाध्यक्षको लागि भने चुनाव नै भएको थियो।

वितरक संघको नयाँ कार्यसमितिका अध्यक्षमा घिमिरे, प्रथम उपाध्यक्षमा नवराज दाहाल , द्वितीय उपाध्यक्षमा प्रेमहरि मैनाली रहेका छन् । त्यस्तै , महासचिवमा राजु प्रसाद पौडेल , सचिवमा लोकेश्वरमान जोशी , कोषाध्यक्षमा गणेश प्रसाद तिमल्सिना लगायत २५ सदस्यीय कार्यसमिति रहेको छ।

नयाँ कार्यसमितिको पदावधि २ वर्षको रहेको छ।

उक्त साधारणसभा वितरक संघका  निवर्तमान अध्यक्ष राजेन्द्र सिंखडाको सभापतित्व र बागमती प्रदेशका उद्योग , वाणिज्य , भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend