खबरब्रेकिंग,काठमाडौँ, माघ ५ गते । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सभा बस्ने भएको छ। सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल काठमाडौँमा माघ ११ गते बिहान ११ बजे सुरु हुनेछ।सभामा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल हुनेछ। सभामा ६ जनाको बीच निर्वाचन गर्ने इन्स्योरेन्सले जनाएको छ।
साथै सभामा सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना प्रतिनिधित्व गर्ने र सर्वसाधारण समूहको तर्फबटा २ जना प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचन गर्नेछ। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन।
सभा प्रयोजनका लागि यसले पुस २६ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसर्थ, पुस २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend