काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आफ्नो दशौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। अध्यक्ष शरद कुमार दाहालको सभापतित्वमा पुष २९ गते सम्पन्न सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम २०८० असार मसान्तसम्म कायम रहेको संचित मुनाफा समेतबाट चुक्ता पुँजीको पाँच प्रतिशत ( ४.७५% बोनस तथा कर प्रयोजनमा ०.२५% नगद) लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको छ।
सभाले संस्थाका अध्यक्ष शरद कुमार दाहालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
त्यससँगै , साधारणसभाले लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०७९।८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्वन्धीत अनुसूचीहरु पारित गरेको हो ।
यस कम्पनीले कास्की जिल्लाको माछापुच्छे गाउँपालिका भएर बग्ने सार्दीखोलामा ४ मेगावाटको सार्दीखोला जल विद्युत आयोजना निर्माण सम्पन्न गरी २०७४ मंसिर २४ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ। यसै गरि सोही सार्दीखोलामा २.९ मेगावाटको माथिल्लो सार्दीखोला जलविद्युत आयोजनाको इजाजत पत्र लिई सो आयोजनाको IEE, सम्पन्न गरी Detailed Feasibility Study (DFS) गरी Generation Licence समेत प्राप्त गरी सकेको र Power Purchase Agreement (PPA) समेत सम्पन्न मैसकेकोले निर्माण कार्य अगाडी बढाउने चरणमा पुगेको जनाएको छ।
समीक्षा आर्थिक वर्ष २०७९/०८० मा विद्युत बिक्रीबाट रु.९,७८,४१,०६५/- आम्दानी गरेको कम्पनीको संचालन मुनाफा रु.२६,९११,१३१/- रहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend