काठमाडौ । नेपाल पुस्तकालय संघको नयाँ कार्य समिति गठन भएको छ । काठमाडौको भृकुटीमण्डपमा रहेको काठमाण्डौ सार्वजनिक पुस्तकालयमा भएको साधारण सभाबाट नयाँ नेतृत्वको निर्वाचन सम्पन्न भएको हो । इन्द्र प्रसाद अधिकारीको अध्यक्षतामा १२ सदस्य नयाँ र्कायसमिति निर्र्वािचत भएको छ । नयाँ कार्य समितिमा उपाध्यक्ष सुदिप ढकाल, महासचिब रेस्मा डंगोल, उपमहासचिब सरोज गैरे, कोषाध्यक्ष रिता शर्मा सदस्यहरुमा बसन्त पौडेल, केन्द्रा फोम्बो, शैलेन्द्र कुमा गुप्ता, गोबिन्द चौलागाई, सुष्मा बस्नेत, अञ्जु श्रेष्ठ, र रितेश नेवा रहनुभएको छ ।
यस पुस्तकायल सघले पुस्तकालय कर्मीहरुको पेशागत हकहित, पुस्तकालयहरुको विकाश, पुस्तकालय कर्मीहरुको दक्क्षता वृद्धि सम्वन्धि विभिन्न तालिम संचालन गर्दछ । साथै पुस्तकायल सम्वन्धि अन्तराष्ट्रिय सस्था इफला संघ सहकार्य गरी विभिन्न सेमिनार सम्मेलनमा सहभागी भै नेपालको पुस्तकालय विकाशमा योगदान गर्ने गर्दछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend