– हरिभक्त सिग्देल ‘ महेश
इच्छा हाे मृत्युकाे मार्ग अगुवा बनी हिँड्दछ
अचानाेमा सजाएर यसैले प्राण गिँड्दछ।
इच्छारहित जाे बन्छ समुद्रसरि बन्दछ
विनाचिन्ता छ यो शान्ति रमाईकन घुम्दछ।।
विनाइच्छा मनोशान्ति शरीर शान्त बन्दछ
कुटनीति छ नै राजनीति अवस्य लाग्दछ।
काम क्राेध हुँदै हुन्न लाेभ माेह हराउँछ
अहङ्कार विलाएर शत्रु मित्र बनाउँछ ।।
सत्यमा टक्क राेकिन्छ शान्तिका घरमा बसी
मिठा कल्याणका कर्म रचना गर्छ यो मसी।
पराेपकार हाे पुण्य परपीडा त पाप हाे
पुण्य धर्म छ यो सच्चा मनुष्यजन्म सत्य हाे।।
सत्य यो पृथिवी सत्य सूर्य जन्म र मृत्यु नै
सम्झँदै लाै गरेस् कर्म सत्य मार्ग नभुल्नु है ।
माता सत्य पिता सत्य तर बिछाेड हुन्छ क्वै
याे सत्य सम्झनु मान्नु सत्यबाट नडग्नु है।।
सूर्यचन्द्र धरा साथै प्रकृतिका अनेकन
महत्व मान सम्मान गर्नु पर्दछ हर्दम ।
आफू जय छ ऊ अर्काे जय जय अनन्तकाे
सदा सम सबैमा छ अनन्त सत्य तत्व त्याे।।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend