बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

अमेरिकी डलरसँगै युरोपियन युरोको मूल्य  घट्यो

अमेरिकी डलरसँगै युरोपियन युरोको मूल्य  घट्यो

२ पुष , काठमाडौं । आज मंगलबार अमेरिकी डलरसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको मूल्य  घटेको छ।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९२ पैसा कायम गरिएको छ।

सोमबार डलर एकको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसा कायम थियो।

 अघिल्लो दिन, सोमबारको तुलनामा यो मूल्य  ६ पैसाले घटेको हो।

यस्तै, युरोपियन युरो पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

आज युरो एकको खरिदमा १४४ रूपैयाँ ८४ पैसा र बिक्रीमा १४५ रूपैयाँ ४९ पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १४ पैसाले सस्तो हो।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ १८ पैसा र बिक्रीमा ८८ रूपैयाँ ५८ पैसा पाइन्छ।

सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ५१ पैसा र बिक्रीमा ८८ रूपैयाँ ९१ पैसा तोकिएको थियो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ४३ पैसा र बिक्रीदर १६९ रूपैयाँ १९ पैसा तोकिएको छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९९ रूपैयाँ ६१ पैसा र बिक्रीमा ९९ रूपैयाँ ०६ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०३ पैसा र बिक्रीमा ३६ रूपैयाँ १९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ३४ पैसा र बिक्रीमा २८ रूपैयाँ ४७ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ५५ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ५० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ५९ पैसा तोकिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend