काठमाडौ । बिदेशी बैंकमा केही व्यक्तीको रकम रहेको कुरा बाहिर आईरहेको बेला प्रधानमन्त्री केपी ओलीले विदेशमा लगानी गर्नेहरुको छानविन गर्ने बताएका छन् । सांसदले राखेको प्रश्नको उत्तर दिदै मिडियामा आएका सबै समचारहरु सत्य नहुने भएकोले तथ्य बुझेर सरकारले छानविन गर्ने बताएका हुन् । खोज पत्रकारीता केन्द्रले विदेशमा लगानी गर्ने र स्वीस बैंकमा पैसा राख्ने व्यवसायीहरुको नामावली सार्वजनिक गरेको थियो ।
सोही समचारको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका थिए । कांग्रेस सांसद दीलेन्द्रप्रसाद बडुको प्रश्नको जवाफमा स्वीस बैंकमा नेपाली नागरिकको पैसा रहेको भन्ने विषय कानुनको अवज्ञा र भ्रष्टाचारसँग जोडिएको विषय भएको बताए । प्रधानमन्त्री ओलीले विदेशमा लगानी गर्ने र विदेशी बैकमा रकम जम्मा गर्नु भ्रष्टचार भएको सरकारले गम्भिरतापूर्वक छानविन गर्ने आश्वासन दिएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend