सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

हकप्रद शेयर लिलाम बिक्रीमा राख्दै घलेम्दी हाइड्रो

हकप्रद शेयर लिलाम बिक्रीमा राख्दै घलेम्दी हाइड्रो

खबरब्रेकिंग,काठमाडौँ, माघ २ गते । घलेम्दी हाइड्रो लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ। हाइड्रोपावरले माघ ९ देखि ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने भएको हो ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। त्यसैगरी, लगानीकर्ताले न्यूनतम १०० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधितमक शेयर संख्याका लागि कुनै हद तोकिएको छैन।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend