बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

अभिभावक सहकारी समाजको आर्थिक अवस्था मजबुत छ: अध्यक्ष राणा

अभिभावक सहकारी समाजको आर्थिक अवस्था मजबुत छ: अध्यक्ष राणा

काठमाडौं । अभिभावक सहकारी समाज लिमिटेडले २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।  सभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

पुष २६ गते विहीबार असलि मण्डप , नक्सालमा अध्यक्ष श्री मछेन्द्र शम्शेर राणाको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणले लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०७९।८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्वन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको हो ।

समीक्षा आर्थिक वर्षमा आफ्ना १५०८ सदस्यहरुबाट शेयर पुँजि रु. १,८७,२६,६००/- रहेको संस्थाको निक्षेपतर्फ रु.२१,०६,८६,४३२/- तथा कर्जा लगानी रु. ९,६२,४७,१५८/- रहेको छ। त्यस्तै , शेयर, जग्गा लगायत मा संस्थाको लगानी रु. ७,१२,८७,६५०/- रहेको छ।

साधारणसभामा सहकारीका अध्यक्ष मछेन्द्र शम्शेर राणाले संस्थाले परिस्थितिवश यस वर्ष मुनाफा संचित गर्न नसकेपनि आर्थिक अवस्था मजबुत रहेकोले निर्धक्क भएर बचत तथा ऋण कारोबार गर्न सदस्यहरुलाई आग्रह गरे।

कार्यक्रममा विभिन्न विद्यालयका छात्र-छात्राहरुलाई छात्रवृत्ति वितरण गरिनुका साथै वरिष्ठ अभिभावकलाई सम्मान प्रदान गरिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend