सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रतिपक्ष दलका नेता उपस्थित नभएपछि संवैधानिक परिषदको बैठक स्थगित

प्रतिपक्ष दलका नेता उपस्थित नभएपछि संवैधानिक परिषदको बैठक स्थगित

Nepali Congress President Sher Bahadur Deuba arrives for the Parliament meeting at Parliament Building, Baneshwor in Kathmandu on Wednesday, 24 May, 2017. Photo: Dipesh Shrestha/Nagarik/Republica

काठमाडौं । नेपाली कांग्रेसका सभापती एबम प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदकोे बैठक स्थगित भएको छ । संवैधानिक आयोगका पदाधिकारीहरू नियुक्तिका लागि सिफारिस गर्न बोलाइएको संवैधानिक परिषदको बैठक प्रमुख प्रतिपक्ष दलका नेता देउवा उपस्थित नभएपछि स्थगित गरिएको हो । बैठकमा परिषदका सदस्यहरूबीच विभिन्न संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका विषयमा भने सामान्य छलफल भएको थियो।

प्रमुख प्रतिपक्ष दलका नेता अनुपस्थित भएपछि बैठक आगामी आइतबार ६ गते अपरान्ह ४ बजे पुनः बस्ने गरी स्थगित गरिएको परिषदका सदस्य एवं राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। कांग्रेस सभापति समेत रहेका प्रमुख प्रतिपक्ष दलका नेता देउवा पार्टी कामको शिलशिला भनेर पोखरा पुगेका छन्।

संवैधानिक व्यवस्था अनुसार परिषदले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्नुपर्ने हुन्छ । संविधानको धारा २५२ देखि २६५ सम्म विभिन्न आयोग गठन, आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार ती आयोगहरूको अध्यक्ष तथा सदस्यहरू संवैधानिक परिषदले नियुक्तिका लागि सिफारिस गरी राष्ट्रपति समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend