बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेपाली वास्तुविद समाज (SONA) को २९औं साधारणसभा सम्पन्न

नेपाली वास्तुविद समाज (SONA) को २९औं साधारणसभा सम्पन्न

काठमाडौं । नेपाली वास्तुविद समाज (सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स , सोना) को  २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। समाजको पन्ध्रौं कार्य कारिणी समितिका अध्यक्ष ईश्वरलाल जोशीको सभापतित्वमा पुष २६ गते सम्पन्न सभामा सोनाका पुर्व अध्यक्षहरु, वरिष्ठ आर्किटेक्ट्स , रजिस्ट्रड तथा क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियो।

साधारणसभामा समाजका महासचिव अर्जुन बस्नेतले प्रस्तुत गरेका संस्थाको विधान संसोधन सहितको वार्षिक क्रियाकलाप तथा कोषाध्यक्ष लोकेन्द्र आचार्यले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

त्यस्तै , साधारणसभामा अध्यक्ष ईश्वरलाल जोशीले वास्तुविद समाजको आगामी योजना तथा रणनीतिबारे जानकारी गराएका थिए । उनले समाजको आफ्नै कार्यालय भवन निर्माण गर्नुपर्ने बताउँदै त्यसको लागि अपनाउन सकिने विभिन्न विकल्पको प्रस्ताव गरे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend