बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

माउन्टेन हाइड्रो नेपालले १००% हकप्रद शेयर जारी गर्ने

माउन्टेन हाइड्रो नेपालले १००% हकप्रद शेयर जारी गर्ने

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले शेयरधनीहरु लाई १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ।

कम्पनीका अध्यक्ष सिताराम तिमल्सिनाको अध्यक्षतामा यही पुष २३ गते सम्पन्न भएको आठौं वार्षिक साधारणसभाले १ : १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को कम्पनीको वार्षिक प्रतिवेदन र लेखा परीक्षकका प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० को वार्षिक आर्थिक विवरण (वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु) माथि छलफल गरी पारित गरेको छ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०८० /०८१ को लागि लेखापरीक्षक नियुक्ति समेत गरेको छ । सभाले अरु कुनै जलविद्युत आयोजनालाई प्राप्ती गर्ने तथा एक आपसमा गाभ्ने प्रस्ताव पारित गरेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend