बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

ईङवा हाइड्रोपावरमा नयाँ संचालक समिति ; विद्युत उत्पादन फागुन १ बाट

ईङवा हाइड्रोपावरमा नयाँ संचालक समिति ; विद्युत उत्पादन फागुन १ बाट

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले आफ्नो १४औं वार्षिक साधारणसभा सम्पन्न गर्दै नयाँ संचालक समितिको चयन गरेको छ।  पुष २२ गते सम्पन्न कम्पनीको साधारणसभाले पुनः सुमित्रादेवी न्यौपानेको अध्यक्षतामा नयाँ संचालक समितिको निर्वाचन सर्वसम्मत रूपमा सम्पन्न गरेको हो।

संचालक समितिको कार्यकारी संचालकमा सतिस न्यौपाने , संचालक सदस्यहरु संजीव न्यौपाने र इन्द्रमणि त्रिताल तथा स्वतन्त्र संचालकमा भेज प्रसाद तिमल्सिना रहेका छन् ।

त्यससँगै , साधारणसभाले कम्पनीको वार्षिक प्रगति विवरण , लेखापरीक्षण प्रतिवेदन , वासलात, नाफा नोक्सान हिसाब तथा नगदप्रवाह विवरणलगायतका वित्तीय विवरण छलफल र सुझावसहित पारित गरेको छ।

यस ईङ्वा हाइड्रोपावर कम्पनी लिमिटेडले कोशी प्रदेशको पाँचथर तथा ताप्लेजुङ जिल्लाबिच भएर बग्ने ईङ्वा नदीको पानी उपयोग गरी ९.७ मेगावाटको माथिल्लो ईङ्वा खोला साना जलविद्युत आयोजना यही २०८० साल माघमा सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। आयोजना सम्पन्न भए पश्चात् विद्युत विक्रीबाट वार्षिक ६.५८ करोड युनिटबाट रु. ३६.२८ करोड आयआर्जन हुने विद्युत प्राधिकरणसङ्ग मिति २०६८ असारमा सम्पन्न पिपिएबाट थाहा हुन्छ। आयोजनाको कुल लागत रु. २०६ करोड अनुमानित छ। कम्पनीले ८ मेगावाट क्षमताको तल्लो लोवर ईङवा हाइड्रोपावर आयोजना बनाउने तयारी पनि गरिरहेको छ ।

ईङवा हाइड्रोपावर लिमिटेडको शेयर २०८०/०३/०३ देखि नेपाल स्टक एक्स्चेन्जमा सुचिकृत भई कारोबार भइरहेको छ। कम्पनीको शेयरको बजार मुल्य हाल रु. ३०९ को वरिपरि रहेको छ।

जलविद्युत आयोजनालाई कृषि विकासका परियोजना समेत जोडी बहुआयामिक आयोजनाको विकास गर्ने कम्पनीले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend