बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्राधिकरणद्वारा २२९ मेगावाटका ६ आयोजनालाई पिपिएका लागि आह्वान

प्राधिकरणद्वारा २२९ मेगावाटका ६ आयोजनालाई पिपिएका लागि आह्वान

२२ पुष , काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाहमा आधारित २२९ मेगावाटका  ६ जलविद्युत् आयोजनालाई विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गर्न आह्वान गरेको छ।

२१५ मेगावाटका १५ आयोजनाले पिपिएका लागि आवेदन नदिएपछि शुक्रबार रोलक्रमबाट हटाएको विद्युत् प्राधिकरणले सोही ठाउँमा थप ६ आयोजनालाई पिपिएका लागि बोलाएको हो।

प्राधिकरणले रोलक्रमका आधारमा गत फागुनमा १५ सय मेगावाटको कोटामा पिपिए आह्वान गरेको थियो। त्यसभित्रका दुई सय १५ मेगावाटका १५ आयोजनाले आवेदन नदिएपछि सोही ठाउँमा थप ६ आयोजनालाई पिपिए गर्न बोलाइएको हो।

प्राधिकरणले ४१ मेगावाटको संखुवा खोला, २९.९ मेगावाटको होंगुु खोला र २२.२४ मेगावाटको अप्सुवा खोला–१ जलविद्युत् आयोजनालाई पिपिएका लागि आह्वान गरेको छ।

यसैगरी ३५.१५ मेगावाटको माथिल्लो अप्सुवा खोला, २४ मेगावाटको सुपरसेती र ७७.५० मेगावाटको घुन्सा खोला आयोजनालाई पिपिएका लागि आह्वान गरिएको छ।

यी ६ आयोजनाको कुल क्षमता दुई सय २९ मेगावाट रहेको छ। ६ आयोजनाले १५ दिनभित्र पिपिएका लागि प्राधिकरणमा आवेदन दिनुपर्नेछ । तोकिएको समय आवेदन नदिए अन्य कम्पनीले अवसर पाउनेछन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend