सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

मुक्तिनाथ विकास बैंक १८औँ वर्षमा प्रवेश

मुक्तिनाथ विकास बैंक १८औँ वर्षमा प्रवेश

खबरब्रेकिंग,काठमाडौँ पुस २० गते । मुक्तिनाथ विकास बैंक लिमिटेड १८औँ वर्षमा प्रवेश गरेको छ । १८औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले बृहत् रक्तदान, विभिन्न सामाजिक कार्यहरू र बैंकमा १० वर्ष भन्दा लामो समयसम्म कार्यरत १३५कर्मचारीहरूलाई सम्मान गरेको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले डा महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई ग्रिन इनर्जी, वातवरण संरक्षण तथा प्लास्टिक रिसाईकलको लागि रु ५ लाखको आर्थिक सहयोगका गरेको छ । यसैगरी बैंकका क्षेत्रीयकार्यालय र केन्दीय कार्यालयमा सञ्चालित बृहत् रक्तदान कार्यक्रममार्फत १६६ युनिट रगतसंकलन गरेको छ ।

यस अवसरमा बैंकले देशका क्षेत्रीय तथा शाखा कार्यालयहरू मार्फत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, दृष्टिविहीन नागरिकहरूलाई सेतो छडी वितरण, अनाथालय, बालआस्रम तथा वृद्धा आस्रममा विभिन्न सामाग्री वितरण, फोहोर मैला व्यवस्थापनको लागि डस्टविन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग साक्षरताजस्ता विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गरेको छ ।

साथै, बैंकका वर्तमान सञ्चालकहरू, पूर्व सञ्चालकहरू , संस्थापक सेयर धनी, तथा बैंकका उच्चपदाधीकारीहरु, शाखा प्रबन्धकहरूको उपस्थितिमा सञ्चालन भएको उक्त समारोहमा बैंकका अध्यक्ष भरत राज ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend