बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेपालमा जयशंकर: नेपाल-भारतबीच दीघर्कालीन ऊर्जा व्यापार सम्झौता

नेपालमा जयशंकर: नेपाल-भारतबीच दीघर्कालीन ऊर्जा व्यापार सम्झौता

२० पुस, काठमाडौं ।  भारतीय विदेशमन्त्री एस जयशंकरको हिजो बिहीबारबाट भएको नेपाल भ्रमणमा  नेपाल र भारतबीच दीघर्कालीन ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर भएको छ। यससंगै  नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् भारत  निर्यातको ढोका खुलेको छ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन जयशंकर नेपाल आएका हुन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका सिलसिलामा १७ जेठमा नेपाल र भारतबीच २५ वर्षका लागि भारतसँग दीर्घकालीन विद्युत व्यापार सम्झौता (लङ्टर्म पीपीए)मा प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो ।

उक्त  सम्झौता भारत सरकारबाट अनुमोदन भएसँगै बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकर र ऊर्जामन्त्री शक्ति बस्नेत तथा परराष्ट्रमन्त्री एनपी साउदको उपस्थितिमा नेपाल र भारतका ऊर्जासचिव क्रमशः गोपालप्रसाद सिग्देल र  पंकज अग्रवालले हस्ताक्षर गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका प्रवक्ता नविनराज सिंहका अनुसार नेपाल–भारत दीर्घकालीन विद्युत व्यापार सम्झौतामा आपसी हित हुने गरी नेपाल–भारत बीच दीर्घकालीन विद्युत व्यापार गर्न आवश्यक कदम चाल्ने, क्षेत्रीय व्यापारलाई अझ वृद्धि गर्ने र दुई मुलुकबीच विद्यमान, कार्यान्वयनमा रहेका र प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनलाई अधिकतम् उपयोग गर्ने विषय उल्लेख छ ।

जयशंकरले गरे भगवान् पशुपतिनाथको दर्शन

यसैबीच नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहीबार नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले आज भगवान् पशुपतिनाथको दर्शन गरेका छन्  । सो क्रममा उनले पशुपतिनाथ परिसरमा वृक्षारोपण समेत गरे ।

जयशंकरले हिजो नै उनले उच्च राजनीतिक भेटहरु गरेका थिए । ऊनी  आज मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend